• ट्रेण्डिङ:

शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै खोटाङका १० वटै पालिकामा शिक्षकले दिए धर्ना

शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै खोटाङका १० वटै पालिकामा शिक्षकले दिए धर्ना

रोदिक खबर

२८, श्रावण २०८०
  • 12.1K
    SHARES
  • शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै खोटाङका १० वटै पालिकामा शिक्षकले दिए धर्ना

    शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासंघले खोटाङका १० वटै पालिकामा  ज्ञापनपत्र बुझाएर धर्ना दिएको छ । प्रतिकुल मौसमका बाबजुद पनि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै जिल्लाका संघ, संगठनहरुले संयुक्त रुपमा  जिल्लाका सबै पालिकामा सबै पालिकामा ज्ञापनपत्र बुझाएर आइतवार धर्ना दिएका हुन् ।

    प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन र नेपाल विधालय कर्मचारी परिषदले संयुक्त रुपमा जिल्लाका सबै पालिकामा धर्ना दिएका हुन् ।

    t Dharana.jpg

    अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ आन्दोलनमा उत्रिएका शिक्षकहरुले अहिले सार्वजनिक भएको ‘विधालय शिक्षा ऐन २०८०’ को मस्यौदामा रहेका केहि दफाहरु संविधान प्रदक्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमान खिलाफमा रहेको बताएका छन् ।

    मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको शिक्षक नेताहरुले गुनासो गरेका छन् । यसै गरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने माग पनि मस्यौदामा नसमेटेको बताएका छन् ।

    यस्तै शिक्षाको अधिकार स्थानीय तहको एकल अधिकार सूचीमा राख्न नहुने, विद्यालय स्थापना र सञ्चालनको अधिकार स्थानीय तहलाई दिए पनि अनुमति रद्द, बन्द र खारेज गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने लगायतका माग अघि सारेका छन् । सरकारले विधेयक सच्याएर आफुहरुको माग पुरा गर्नुपर्ने उनिहरुको माग छ ।

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - २०:५२:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको