बिहिवार, कार्तिक १३ गते २०८३

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस्

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस्

रोदिक खबर

२९, श्रावण २०८०
  • 5.7K
    SHARES
  • अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस्

    नतिजा अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन्। जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

    उक्त आइपिओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकोमा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

    कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो। कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेकाे छ।

    यस्तै, कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १७:५४:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको