खोटाङ प्रतिभा २०८० छनौट सम्पन्न

गायनतर्फ आश्विन र नृत्यतर्फ कविता बने ‘खोटाङ प्रतिभा–२०८०’

गायनतर्फ आश्विन र नृत्यतर्फ कविता बने ‘खोटाङ प्रतिभा–२०८०’

रोदिक खबर

३०, श्रावण २०८०
  • 14.8K
    SHARES
  • गायनतर्फ आश्विन र नृत्यतर्फ कविता बने ‘खोटाङ प्रतिभा–२०८०’

    खोटाङ । गायन तथा नृत्यतर्फको खोटाङ प्रतिभा २०८० छनौट गरिएको छ । खोटाङ कलाकार समाजको आयोजनामा सोमबार राष्ट्रिय नाच घर काठमाडौंमा सम्पन्न फाइनल अडिसनबाट गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका अस्विन राई प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोश्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेश्रो भएका छन् ।

    यस्तै, नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ प्रथम, बराहपोखरी गाउँपालिकाका सुवाश बिश्वकर्मा दोश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका मनिता राई तेश्रो भएकी छन् ।

    खोटाङका १० स्थानीय तहबाट गायन र नृत्यतर्फ छानिएका एकरएक जना प्रतिभालाई फाइनल प्रतिष्पर्धामा लगिएको थियो । गायन तथा नृत्य प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने प्रतिभालाई छुट्टाछुट्टै क्रमशः दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    गायनमा प्रथम स्थान प्राप्त गरेका अस्बिनले तीन वटा गीत रेकर्डिङ, एक वटा म्यूजिक भिडियोमा अभिनय गर्ने र बेलायतको सांगीतिक कार्यक्रममा जाने अवसर पाउने खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।

    यस्तै, नृत्यमा प्रथम भएकी कवितालाई एक वटा म्यूजिक भिडियोमा अभिनय गर्ने र बेलायतमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिने समाजले जनाएको छ । प्रतियोगीताको फाइनल अडिसन संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए ।

    खोटाङको प्रत्येक गाउँ, नगर र बस्तीमा लुकेर रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला र देशव्यपी रुपमा चिनाउने लक्ष्यका साथ खोटाङ प्रतिभा २०८० आयोजना गरिएको हो ।

    प्रथम चरणमा जिल्लाका १० वटै पालिका स्तरिय प्रतियागीताबाट छानिएका उत्कृष्ट ३० मध्ये प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई मात्र फाइनल अडिसनमा लगिएको थियो । गत बैशाख ५ गतेदेखि बैशाख १९ गतेसम्म सञ्चालन गरिएको पालिका स्तरिय छनौट प्रतियोगीताबाट छानिएका २० प्रतियोगीतालाई आयोजकले साउन ५ गते काठ्माडौं लगेर प्रशिक्षणको व्यवस्था गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - ०८:५२:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको