सेयर बजार नेप्सेमा ३१.८० अंकको गिरावट

सेयर बजार नेप्सेमा ३१.८० अंकको गिरावट

रोदिक खबर

३०, श्रावण २०८०
  • 8.7K
    SHARES
  • सेयर बजार नेप्सेमा ३१.८० अंकको गिरावट

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो । म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ ।

    यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् । मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ ।

    जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फण्डसहितका धितोपत्रको आज मूल्य बढेको छ ।

    हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ७.६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ । थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १६:३२:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको