शुक्रवार, भाद्र २६ गते २०८३
विराटनगर । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।