• ट्रेण्डिङ:

काेशीकाे प्रदेशसभा बैठक आज १ बजे बस्दै

काेशीकाे प्रदेशसभा बैठक आज १ बजे बस्दै

रोदिक खबर

१, भाद्र २०८०
  • 7.6K
    SHARES
  • काेशीकाे प्रदेशसभा बैठक आज १ बजे बस्दै

    विराटनगर । कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।

    आजैबाट २०८०/८१ काे बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ । गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेकाे हाे । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १२:३८:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको