• ट्रेण्डिङ:

वडाध्यक्ष मृत भेटिए

वडाध्यक्ष मृत भेटिए

रोदिक खबर

२, भाद्र २०८०
  • 11.3K
    SHARES
  • वडाध्यक्ष मृत भेटिए

    गुल्मी । मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

    बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए ।

    वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।

    शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।

    घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

    प्रकाशित मिति :भाद्र २, २०८० शनिवार - १४:२०:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको