• ट्रेण्डिङ:

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

रोदिक खबर

३, भाद्र २०८०
  • 6.7K
    SHARES
  • प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

    सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो। बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ।

    संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो। सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन।

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १६:१२:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको