• ट्रेण्डिङ:

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुँदै

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुँदै

रोदिक खबर

४, भाद्र २०८०
  • 6.1K
    SHARES
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुँदै

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको छ । समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्दै छ । उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ ।

    श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीविरुद्धका उजुरी खोलिएको थियो ।

    गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - ०८:०३:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको