शुक्रवार, भाद्र २६ गते २०८३

बाल सुधार गृहबाट २२१ फरार मध्ये २७ जना सम्पर्कमा आउन बाँकी (अपडेट)

बाल सुधार गृहबाट २२१ फरार मध्ये २७ जना सम्पर्कमा आउन बाँकी (अपडेट)

रोदिक खबर

४, भाद्र २०८०
  • 9.2K
    SHARES
  • बाल सुधार गृहबाट २२१ फरार मध्ये २७ जना सम्पर्कमा आउन बाँकी (अपडेट)

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दुई सय २१ जना फरार भएका छन्। तीमध्ये एक सय ९४ जना पक्राउ परेका छन्। हाल २७ जना फरार अवस्थामा छन्।  ‘फरारहरुको खोजी कार्य निरन्तर जारी छ’, भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले भने, ‘आज रातभरि उनीहरुको पक्राउका लागि अपरेसन हुन्छ।’

    आइतबार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको थियो। बेहोस भएपछि अस्पताल लगिएका उनी उपचारको क्रममा मृत्यु भएको थियो। मृत्युपछि आफन्तले हिजो आइतबार पनि बाल सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए।

    त्यस क्रममा आइतबार पनि स्थिति तनावपूर्ण बनेको थियो। बालसुधार गृहभित्र रहेका थुनुवाले बन्दीगृह प्रशासन विरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्कन खोजेपछि सोमबार दिउसो सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाएको थियो।

    गोली प्रहार गरेपछि अझ आक्रोशित हुँदै कैदी बन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए। सुधारगृहले आइतबार बिहान परिवारलाई मृत्यु भएको खबर दिएको भए पनि मृत्युको कारण पुस्ट्याइँ थाहा हुन नसकेको भन्दै आफन्त र कैदी बन्दी आक्रोशित बनेका हुन्।

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १८:५६:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको