• ट्रेण्डिङ:

८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)

८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)

रोदिक खबर

६, भाद्र २०८०
  • 9.6K
    SHARES
  • ८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)

     खोटाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

    गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत खटाउन सचिवस्तरीय निर्णय हुुनुपर्ने भएता पनि मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सहसचिव हेमराज तामाङलाई शाखा अधिकृतसम्मको सरुवाको जिम्मेवारी प्रत्यायोजन गरेका छन् ।

    ‘नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण गर्‍यौं, त्यसपछि एकातिर रिक्त गाउँपालिकामा योग्यता क्रम अनुसार छान्न दिएर उनीहरुलाई गाउँपालिकामा पठाएका हौं’, उपसचिव राईले भने ।

    मन्त्रालयका अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तहमा ४० भन्दा थोरै रहेको छ ।

    Screenshot_20230823-075813_Chrome.jpgScreenshot_20230823-075826_Chrome.jpgScreenshot_20230823-075842_Chrome.jpgScreenshot_20230823-075852_Chrome.jpg

     

     

     

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - ०८:०५:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको