काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरी गाउँपालिकामा-२ चालीसेमा बुधबार बिहान ११ बजे खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बस त्रिशुली नदिमा डुबेको अवस्थामा रहेको र उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ। बसमा रहेका यात्रुकाे संख्या एकिन हुन सकेकाे छैन। दुर्घटना बारे थप विवरण आउन बाँकी छ।