शुक्रवार, भाद्र २६ गते २०८३

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट)

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट)

रोदिक खबर

६, भाद्र २०८०
  • 2.5K
    SHARES
  • त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट)

    काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

    दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

    ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ एसपी गौतमले भने । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

    म्याग्दी कोरला बस कम्पनिले यो बस संचालन गरेको थियो। कम्पनिका अध्यक्ष मोहन केसीका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो।  

    केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका सहरका थिए।  

    ‘टिकट काटेको बाहेक अरु यात्रु भएको जानकारी छैन,’ अध्यक्ष केसीले भने, ‘बीचमा अरु यात्रु पनि थपिको भए जानकारीमा आएन।’ उनका अनुसार यो बसको खास क्षमता ३२ सिट हो। तर, यात्रुलाई आरामदायी यात्रा गराउने भन्दै कम्पनिले सिट संख्या २३ मा सिमित राखेको उनले बताए।  

    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १३:११:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको