• ट्रेण्डिङ:

आज शनिबारको मौसम कस्तो रहनेछ ?

आज शनिबारको मौसम कस्तो रहनेछ ?

रोदिक खबर

९, भाद्र २०८०
  • 8.0K
    SHARES
  • आज शनिबारको मौसम कस्तो रहनेछ ?

    खोटाङ  । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

    कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १०:२९:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको