शुक्रवार, भाद्र २६ गते २०८३

सानिमा रिलायन्स लाइफले दियो मृत्यु दाबी रकम भुक्तानी

सानिमा रिलायन्स लाइफले दियो मृत्यु दाबी रकम भुक्तानी

रोदिक खबर

१०, भाद्र २०८०
  • 11.5K
    SHARES
  • सानिमा रिलायन्स लाइफले दियो मृत्यु दाबी रकम भुक्तानी

    खोटाङ । सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीले खोटाङमा आइतवार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाकी बिमित उत्तरकुमारी राईको परिवारलाई सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीको उपशाखा दिक्तेलमा आइतवार एक कार्यक्रमकाबीच दुई लाख २६ हजार चार सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य र सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनी उपशाखा दिक्तेलका प्रमुख सन्तोष राईले संयुक्त रुपमा सो चेक मृतककी भाई बुहारी आशा राईलाई हस्तान्तरण गरेका हुन् ।

    २०७६ साल माघ २९ बीमा गरेकी राईको २०८० जेठ २४ गते ४९ वर्षको उमेरमा मृत्यु भएको थियो । १५ वर्षे अवधि राखेर दुई लाखको बीमा गरेकी राईले तीन किस्तामा बीमा बापतको ४१ हजार ४३० रुपैया तिरेकी थिइन् । उनको कालगतिले मृत्यु भएको परिवारले जनाएको छ ।

    चेक हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष खत्री, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य आचार्य, जिल्ला प्रशासन कार्यालय खोटाङका नायव सुब्बा सिताराम आचार्य, ईन्स्योरेन्स कम्पनीका उपशाखा प्रबन्धक राई, नेपाल पत्रकार महासंघ खोटाङकी उपाध्यक्ष तथा ईन्स्योरेन्स कम्पनीकी एजेन्सी मेनेजर कृष्णकला राई, नेपाल पत्रकार महासंघ खोटाङका सहसचिव चिसाङ शेर्पा लगायतले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गर्दै बीमा कम्पनीले उपलव्ध गराएको आर्थिक सहायताको प्रशंसा गरे । बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्नसमेत उनीहरुले आग्रह गरे ।

    अहिले बजारमा लाईफ ईन्स्योरेन्स कम्पनीहरुले समयमा दाबी भुक्तानी नदिने भनि धेरै बिमा कम्पनीहरुको गुनासाहरु आईरहेका बेला सानिमा रिलायन्स कम्पनीले समयमा सहज तरिकाले भुक्तानी दिएकोप्रति उदाहरणीय काम गरेकोमा मृतककी भाई बुहारी आशा राईले धन्यवाद व्यक्त गरिन् ।

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - २०:४८:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको