खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले पालिकाभित्रका आठ माध्यमिक विद्यालयका बालबालिकाका निम्ति स्मार्ट टेलिभिजन वितरण गरेको छ । सिधै ईन्टरनेट तथा डाउनलोड गरेर राखिएका शैक्षिक सामाग्री टिभीमा देखाउँदै बालबालिकालाई पढाउनका लागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई गाउँपालिकामा बोलाएर टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कुहुडाँडा मावि फेदी, सुक्रजित मावि खार्तम्छा, राष्ट्रिय मावि बासपानी, पृथ्वी मावि बाक्सिला, जालपा मावि बाक्सिला, थर्पुडाँडा मावि सप्तेश्वर, रेणुका मावि दिप्सुङ र सुर्य मावि सुङदेललाई स्मार्ट टिभी वितरण गरिएको शिक्षा संयोजक सुरेन्द्र खनालले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० मा खरीद गरेर ल्याइएको स्मार्ट टिभी वितरण गरिएको हो । स्मार्ट टिभी केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्की, शिक्षा शाखा प्रमुख खनालले प्रअ तथा शिक्षकलाई बितरण गरेका थिए ।