शुक्रवार, भाद्र २६ गते २०८३

गुडिरहेको स्कार्पियो गाडीमाथि पहिरो खस्यो

गुडिरहेको स्कार्पियो गाडीमाथि पहिरो खस्यो

रोदिक खबर

१३, भाद्र २०८०
  • 14.6K
    SHARES
  • गुडिरहेको  स्कार्पियो गाडीमाथि पहिरो खस्यो

    बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरोले च्यापेको हो ।

    जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ। गाडी भित्र अझै २ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०९:४७:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको