शुक्रवार, भाद्र २६ गते २०८३

ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा एकै दिन मनाउन सकिने

ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा एकै दिन मनाउन सकिने

रोदिक खबर

१३, भाद्र २०८०
  • 7.0K
    SHARES
  • ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा एकै दिन मनाउन सकिने

    काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहीबार (भोलि) एकै दिन ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन सकिने जनाएको छ । “हाम्रो धर्म, संस्कृति र परम्परा अनुकूल रहेको छ,” समितिले भनेको छ ।

    अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने भएकाले दिउँसाे रक्षाबन्धन गर्न नमिल्ने समितिले स्पष्ट पारेको छ । “रातको समयमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ ।

    हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलगअलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ,” समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।

    janai.jpg

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०९:५३:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको