शुक्रवार, भाद्र २६ गते २०८३

गुडिरहेको स्कोरपियो पहिरोमा पर्दा तीन जनाको मृत्यु, पाँच घाइते

गुडिरहेको स्कोरपियो पहिरोमा पर्दा तीन जनाको मृत्यु, पाँच घाइते

रोदिक खबर

१३, भाद्र २०८०
  • 8.7K
    SHARES
  • गुडिरहेको स्कोरपियो पहिरोमा पर्दा  तीन जनाको मृत्यु, पाँच घाइते

    काठमाडौं । पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।  लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो । बिहान गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नगरपालिकाकै जोर्तेमा पहिरोमा पुरिएको थियो । पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको बताइए पनि पहिचान भने हुन सकेको छैन ।

    गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको थियो । पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ। घाइते हरुको लुम्बिनी मेडिकल प्रभास पाल्पा उपचार लागि ल्याउँदै गरिएको छ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १०:१६:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको