• ट्रेण्डिङ:

इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने, विद्यार्थीहरूको आन्दोलन स्थगित

इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने, विद्यार्थीहरूको आन्दोलन स्थगित

रोदिक खबर

१३, भाद्र २०८०
  • 7.4K
    SHARES
  • इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने, विद्यार्थीहरूको आन्दोलन स्थगित

    काठमाडौं । इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार शुल्क फिर्ता लिनेसहित पाँच बुँदे सहमति गरेका हुन् ।

    अब विद्यार्थी प्रतिनिधिसहितको एक समिति गठन हुने छ । जसले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ । समितिले दिएको सुझावको आधारमा कायम गरिने शुल्कलाई लागु गर्न सबै पक्ष सहमत हुने भनिएको छ ।

    शुल्क लागु गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षालगायत सबै कार्यक्रमहरू सञ्चालन गरिने छ । सहमतिसँगै विद्यार्थीहरूको आन्दोलन स्थगित भएको छ ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - २२:०५:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको