शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेल नगरपालिकाले अन्तराष्ट्रिय चित्रकला कार्यशाला प्रदर्शनी गर्ने

दिक्तेल नगरपालिकाले अन्तराष्ट्रिय चित्रकला कार्यशाला प्रदर्शनी गर्ने

रोदिक खबर

१५, भाद्र २०८०
  • 13.1K
    SHARES
  • दिक्तेल नगरपालिकाले अन्तराष्ट्रिय  चित्रकला कार्यशाला प्रदर्शनी गर्ने

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तराष्ट्रिय चित्रकला कार्यशाला प्रदर्शनी–२०८० गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्न नगरपालिकाले आगामी असोज १७-२१ गतेसम्म दिक्तेलमा अन्तराष्ट्रिय चित्रकला कार्यशाला प्रदर्शनी गर्ने भएको हो ।

    नगरपालिकाले शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर चित्रकला कार्यशालाको तयारीका विषयमा जिल्लाका राजनीतिक दल तथा सरोकारवालाहरुसंग छलफल गरेको छ ।

    पालिकाको कला, सँस्कृति र पर्यटन प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोँच, लेक, बेसीँकासाथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगालिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नका लागि कार्यक्रमको आयोजना गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    प्रत्यक्ष चित्रकलाका माध्यमबाट नगरको साँस्कतिक, धार्मिक, पर्यटकीय पहिचानलाई देश तथा विदेशमा प्रचार गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने  उद्धेश्य रहेको नगरप्रमुख भट्टराईको भनाई छ ।

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - २०:५९:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको