शुक्रवार, भाद्र २६ गते २०८३

कोसी सरकार विरुद्धको रिटको सुनुवाइ आज

कोसी सरकार विरुद्धको रिटको सुनुवाइ आज

रोदिक खबर

१७, भाद्र २०८०
  • 6.8K
    SHARES
  • कोसी सरकार विरुद्धको रिटको सुनुवाइ आज

    बिराटनगर । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो ।

    मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

    कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।

    यही भदौ ६ गते कार्कीले दायर गरेको रिटमा यसअघि नै अन्तरिम आदेश भएको छ । नेपाली कांगेस संसदीय दलका नेता थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न सर्वोच्चले आन्तरिम आदेश जारी गरेको हो । कोसी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

    प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०८:१७:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको