शुक्रवार, भाद्र २६ गते २०८३

कोसी प्रदेश सरकारविरुद्धको रिटमा आजबाट प्रतिवादीको बहस

कोसी प्रदेश सरकारविरुद्धको रिटमा आजबाट प्रतिवादीको बहस

रोदिक खबर

१९, भाद्र २०८०
  • 6.5K
    SHARES
  • कोसी प्रदेश सरकारविरुद्धको  रिटमा आजबाट प्रतिवादीको बहस

    काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) को रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो । आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि) सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए ।

    प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ०९:३१:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको