• ट्रेण्डिङ:

घर भत्किएर पुरिँदा एक युवकको मृत्यु

घर भत्किएर पुरिँदा एक युवकको मृत्यु

रोदिक खबर

२५, भाद्र २०७७
  • 2.2K
    SHARES
  • घर भत्किएर पुरिँदा एक युवकको मृत्यु

    पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा घर भत्किएर पुरिँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा स्थानीय २२ वर्षीय सुमन कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। 

    सुतिरहेको अवस्थामा  एक्कासी घर भत्किँदा बुधबार राति ११ बजे उनी घाइते भएका थिए। उनलाई पुरिएको अवस्थामा स्थानीयले उद्वार गरेका थिए। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याउँदा बिहिबार विहान साढे एक बजे कनौजेलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

     घर भत्किएर २ वटा भैँसी समेत पुरिएको प्रनाउ गिरीले बताए। लगातारको वर्षातले यसअघि नै घर चर्किएको थियो। गएराति परेको वर्षाले घर भत्किएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - ०८:१२:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको