• ट्रेण्डिङ:

देशभर विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

देशभर विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

रोदिक खबर

२१, भाद्र २०८०
  • 7.9K
    SHARES
  • देशभर विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    आज (बिहीबार) देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला (बिहीबार बिहान) देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ।

    बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। साथै मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।

    यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०८:२८:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको