बिहिवार, कार्तिक १३ गते २०८३

वडाध्यक्ष रिजालको पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

वडाध्यक्ष रिजालको पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

रोदिक खबर

२१, भाद्र २०८०
  • 9.4K
    SHARES
  • वडाध्यक्ष रिजालको पार्थिव शरीर बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उनको आज बिहान ०७ः३० बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो ।

    ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

    नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १०:१७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको