शुक्रवार, भाद्र २६ गते २०८३

एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

रोदिक खबर

२२, भाद्र २०८०
  • 7.3K
    SHARES
  • एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ केहीबेरमा हुनेछ ।

    कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १८:२३:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको