बिहिवार, कार्तिक १३ गते २०८३

दुई वटा बसपार्क उपयोग विहिन

आचार्य गाउँ बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

आचार्य गाउँ बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

रोदिक खबर

२४, भाद्र २०८०
  • 24.5K
    SHARES
  • आचार्य गाउँ बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै  स्थानीयले बुझाए ज्ञापनपत्र

    खोटाङ । खोटाङको दिक्तेलस्थित आचार्य गाउँ बसपार्क उपयोग बिहिन भएको भन्दै आचार्य गाउँ बसपार्क सरोकार संस्थाले ज्ञापनपत्र बुझाएको छ ।

    सरोकार संस्थाले आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईलाई ज्ञापनपत्र बुझाएको हो ।

    उनिहरुले उपयोगबिहिन बसपार्कलाई चाडो भन्दा चाडो सञ्चालनमा ल्याउन जिल्ला प्रशासन र नगरपालिकासंग माग गरेका हुन् ।

    दस वर्ष अघि स्थानीयवासीले बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराएपछि नेपाल सरकारको दुई करोड ३३ लाख लगानीमा आचार्य बसपार्क निर्माण गरिएको स्थानीय टंकप्रसाद आचार्यले बताए ।

    आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनी जग्गा निशुल्क दिएका थिए । दिक्तेलमा निर्माण गरिएका दुई वटा बसपार्क उपयोग विहिन बनेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोग विहिन बनेका हुन् ।

    बनेको बर्षदिनपछि १२ पुस २०७३ देखि आचार्य गाउँको बसपार्क सञ्चालनमा ल्याएको थियो । बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजो आज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासमा सडकको कुनामा पार्क गर्ने गरिएको छ ।

    बसपार्कमा नियमित रूपमा सुरुदेखि बस नपुगेको र स्थानीय सरकारले पनि चासो नदिएको आचार्य गाउँ बसपार्क सरोकार संस्था अध्यक्ष शिवप्रसाद आचार्य बताए ।

    खोटाङका दुई वटा बसपार्कमा बस नगएको स्थानीयवासी बताउँछन् । दस बर्ष पुरा हुँदा सम्म पार्किङ स्थलमा बस नपुगेपछि बसपार्क चौरीमा परिणत भएका छन् ।

    बसपार्क स्थलमा आवश्यक भौतिक संरचना अपाएक ठाउँमा भएको, पार्किङ स्थलमा खाना बस्ने व्यवस्था सुविधा नभएको कारण बस पार्किङ स्थलमा बस लान नसकेको चालकहरुको भनाई छ ।

    बसपार्कसम्म पुग्ने सडक र बसपार्कमा आवश्यक संरचनाको कारण देखाउदै व्यवसायीहरुले लान आलटाल गर्ने गरेको छन् । अस्पताल चोक हुँदै आचार्य गाउँ सम्म पुग्ने बाटोको निर्माण कार्य राम्रो भएको छैन भने बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचना समेत जिर्ण बन्दै गएका छन् ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - २०:४३:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको