• ट्रेण्डिङ:

दुई वटा बसपार्क उपयोग विहिन

आचार्य गाउँ बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

आचार्य गाउँ बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

रोदिक खबर

२४, भाद्र २०८०
  • 24.4K
    SHARES
  • आचार्य गाउँ बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै  स्थानीयले बुझाए ज्ञापनपत्र

    खोटाङ । खोटाङको दिक्तेलस्थित आचार्य गाउँ बसपार्क उपयोग बिहिन भएको भन्दै आचार्य गाउँ बसपार्क सरोकार संस्थाले ज्ञापनपत्र बुझाएको छ ।

    सरोकार संस्थाले आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईलाई ज्ञापनपत्र बुझाएको हो ।

    उनिहरुले उपयोगबिहिन बसपार्कलाई चाडो भन्दा चाडो सञ्चालनमा ल्याउन जिल्ला प्रशासन र नगरपालिकासंग माग गरेका हुन् ।

    दस वर्ष अघि स्थानीयवासीले बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराएपछि नेपाल सरकारको दुई करोड ३३ लाख लगानीमा आचार्य बसपार्क निर्माण गरिएको स्थानीय टंकप्रसाद आचार्यले बताए ।

    आचार्य गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनी जग्गा निशुल्क दिएका थिए । दिक्तेलमा निर्माण गरिएका दुई वटा बसपार्क उपयोग विहिन बनेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोग विहिन बनेका हुन् ।

    बनेको बर्षदिनपछि १२ पुस २०७३ देखि आचार्य गाउँको बसपार्क सञ्चालनमा ल्याएको थियो । बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजो आज दिक्तेलको रत्नपार्कस्थित किरातचोक आसपासमा सडकको कुनामा पार्क गर्ने गरिएको छ ।

    बसपार्कमा नियमित रूपमा सुरुदेखि बस नपुगेको र स्थानीय सरकारले पनि चासो नदिएको आचार्य गाउँ बसपार्क सरोकार संस्था अध्यक्ष शिवप्रसाद आचार्य बताए ।

    खोटाङका दुई वटा बसपार्कमा बस नगएको स्थानीयवासी बताउँछन् । दस बर्ष पुरा हुँदा सम्म पार्किङ स्थलमा बस नपुगेपछि बसपार्क चौरीमा परिणत भएका छन् ।

    बसपार्क स्थलमा आवश्यक भौतिक संरचना अपाएक ठाउँमा भएको, पार्किङ स्थलमा खाना बस्ने व्यवस्था सुविधा नभएको कारण बस पार्किङ स्थलमा बस लान नसकेको चालकहरुको भनाई छ ।

    बसपार्कसम्म पुग्ने सडक र बसपार्कमा आवश्यक संरचनाको कारण देखाउदै व्यवसायीहरुले लान आलटाल गर्ने गरेको छन् । अस्पताल चोक हुँदै आचार्य गाउँ सम्म पुग्ने बाटोको निर्माण कार्य राम्रो भएको छैन भने बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचना समेत जिर्ण बन्दै गएका छन् ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - २०:४३:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको