• ट्रेण्डिङ:

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

रोदिक खबर

३०, भाद्र २०८०
  • 11.6K
    SHARES
  • मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

    ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेका थिए ।

    कोसी अस्पतालमा ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

    प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - १६:०६:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको