बुधवार, कार्तिक १९ गते २०८३

नेपाली कांग्रेस खोटाङको सभापतिमा रोजन राई निर्वाचित

नेपाली कांग्रेस खोटाङको सभापतिमा रोजन राई निर्वाचित

रोदिक खबर

१९, कार्तिक २०८३
  • 533
    SHARES
  • नेपाली कांग्रेस खोटाङको सभापतिमा रोजन राई निर्वाचित

    खोटाङ । नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशनबाट रोजन राई जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत सर्वसम्मत चयन गरेको छ।

    अधिवेशनबाट उपसभापतिमा खिलाराज राई (दीपक) र केशव राई सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा अमृत गिरी र प्रदिप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की निर्वाचित भएको निर्वाचन अधिकृतमाप्रसाद आचार्यले जानकारी दिए।

    नेपाली कांग्रेस खोटाङको नयाँ नेतृत्व सर्वसम्मत चयन भएसँगै पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने जनाइएको छ।

    आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीभित्र सहमति र एकताको सन्देश दिएको नेपाली कांग्रेस खोटाङले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १६:५८:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको