बुधवार, कार्तिक १९ गते २०८३

कांग्रेस खोटाङका ३४ महाधिवेशन प्रतिनिधि निर्वाचित, को–को बने प्रतिनिधि ?

कांग्रेस खोटाङका ३४ महाधिवेशन प्रतिनिधि निर्वाचित, को–को बने प्रतिनिधि ?

रोदिक खबर

१९, कार्तिक २०८३
  • 407
    SHARES
  • कांग्रेस खोटाङका ३४ महाधिवेशन प्रतिनिधि निर्वाचित, को–को बने प्रतिनिधि ?

    खोटाङ । नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विभिन्न समूह तथा समावेशी क्लस्टरबाट प्रतिनिधिहरू निर्वाचित भएका छन्।

    अधिवेशनबाट खुल्ला पुरुष, महिला, युवा, समावेशी तथा विभिन्न विशेष समूहबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

    खुल्ला पुरुषतर्फ भूपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेसल राई, दिलीप खत्री, नवराज राई, बसन्त राई, भीमकेशर राई र राकेश परियार निर्वाचित भएका छन्। त्यस्तै, खुल्ला महिलातर्फ हिरा गुरुङ, सरिता आङदेम्बे, देवी राई र शान्तिकला राई महाधिवेशन प्रतिनिधि बनेका छन्।

    ४० वर्षमुनिको खुल्ला समूहमा पुरुषतर्फ विकास श्रेष्ठ र महिलातर्फ इन्दिरा दाहाल निर्वाचित भएका छन्। नवयुवा समूह (१८–२८ वर्ष) बाट पुरुषतर्फ हरिबहादुर थापा र महिलातर्फ स्मृति राई चयन भएका छन्।

    समानुपातिक (समावेशी) समूहबाट देवेन्द्र बस्नेत, सन्तोष राई, मोहन राई, दुरेन्द्र राई, सुमन राई, कम्पसेर राई र सुनिता राई निर्वाचित भएका छन्।

    त्यस्तै, अल्पसंख्यकतर्फ उदय चाम्लिङ र दलिततर्फ नृर्पध्वज बिक महाधिवेशन प्रतिनिधि बनेका छन्। अपाङ्गतर्फ पदम निरौला, प्रजातन्त्र सेनानी/द्वन्द्वपीडित/शहीद परिवारतर्फ कृष्णराज आचार्य र प्रतिक्षा राई तथा अन्य समूहबाट निर्मला राई र सत्यवती राई चयन भएका छन्।

    यसैगरी, विज्ञ/श्रमिक समूहबाट याेगेश गुरुङ र दीपक बिक महाधिवेशन प्रतिनिधिमा सर्वसहमत निर्वाचित भएको निर्वाचन अधिकृत महाप्रसाद आचार्यले जानकारी दिए।

    नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशनले जिल्ला नेतृत्व चयनसँगै विभिन्न समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गरेको हो।

    निर्वाचित प्रतिनिधिहरूले पार्टीको आगामी मङ्सिर २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा जिल्लाको प्रतिनिधित्व गर्नेछन्।

    प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १७:११:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको