शुक्रवार, भाद्र २६ गते २०८३

कोशी प्रदेशका स्वास्थ्य मन्त्री मेन्याङ्बोलाई पहिचानवादीले देखाए कालो झण्डा

कोशी प्रदेशका स्वास्थ्य मन्त्री मेन्याङ्बोलाई पहिचानवादीले देखाए कालो झण्डा

रोदिक खबर

४, आश्विन २०८०
  • 3.4K
    SHARES
  • कोशी प्रदेशका स्वास्थ्य मन्त्री मेन्याङ्बोलाई पहिचानवादीले देखाए कालो झण्डा

    खोटाङ । खोटाङका पहिचान पक्षधर समुहले कोशी प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई कालो झण्डा देखाएका छन् । जिल्ला अस्पताल दिक्तेल निरिक्षण गरेर फर्कन लागेका बेला मन्त्री मेन्याङ्बोलाई बिहिबार अस्पतालको गेटमै कालो झण्डा देखाएका हुन् ।

    प्रदेश १ पुःन नामांकन संयुक्त संघर्ष समिति र युवा परिचालन उपसमितिमा आवद्ध युवाले मन्त्री मेन्याङ्बो बिरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए । पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक एबं किरात राई यायोक्खाका अध्यक्ष युगसन किरात, युवा परिचालन समितिका जिल्ला संयोजक निर्मल राई, धनिराम नछुङ, सुनिल राई, एलबी मगर, सप्तमणि राई, किसनकुमार राई, डार्विन राई, मोहन गुरुङ, मनोज राई, टीकाराम राई, प्रताप राईलगायतको समुहले मन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

    कालो झण्डा देखाउने क्रममा अस्पताल चोकमा प्रहरी र पहिचान पक्षधरबीच केहीबेर झडप भएको थियो । अस्पतालबाट मन्त्री चढेको गाडी बाहिरिन लाग्दा पहिचान पक्षधर समुहले नाराबाजी गर्दै कालो झण्डा देखाएपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्जबाट पुःन नामांकन संयुक्त संघर्ष समिति संयोजक एबं किरात राई यायोक्खाका अध्यक्ष किरात लगायत सामान्य घाईते भएका छन् । प्रहरीले पहिचान पक्षधर विरुद्ध दमन गरेको युवा परिचालन समितिका संयोजक राईले बताए ।

    लगत्तै प्रेस चौतारी नेपालले होटल इन्द्रेणीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मेन्याङ्बोले प्रदेशको नामांकन बिरुद्धको आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् । माथिल्लो निर्देशनमा (नेकपा एसका बाहेक) सबै सांसदले कोशीको पक्षमा हस्ताक्षर गरेको हो । त्यसपछि भिन्न तरिकाले क्रिया प्रतिक्रियाहरु आए मेन्याङ्बोले भने आन्दोलन शान्तिपुर्ण गर्नुस् । बल प्रयोग गरे आम नागरिकले राम्रो मान्दैन । मन्त्री मेन्याङ्बो सोलुखुम्बु जाने क्रममा खोटाङमा निस्किएका हुन् ।

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १८:३४:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको