शिक्षक र सरकारबीचको बैठक निष्कर्षविहीन, बैठक भोलि बिहान ९ बजे फेरि बस्ने

शिक्षक र सरकारबीचको बैठक निष्कर्षविहीन, बैठक भोलि बिहान ९ बजे फेरि बस्ने

रोदिक खबर

४, आश्विन २०८०
  • 9.1K
    SHARES
  • शिक्षक र सरकारबीचको बैठक निष्कर्षविहीन,  बैठक भोलि बिहान ९ बजे फेरि बस्ने

     काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो । बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

    उनले आजको बैठक वार्ताको माहोल तयारमा केन्द्रित रहेको बताए । उनले आज कुनै पनि प्रकारको सहमति नभएको बताए । आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ । "जबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म हस्ताक्षर पनि गर्दैनौँ, आन्दोलन पनि जारी रहन्छ," उनले भने ।

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - २३:०५:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको