सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता

सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता

रोदिक खबर

५, आश्विन २०८०
  • 13.9K
    SHARES
  • सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता

    काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका हुन् ।

    सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइन् । ‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो ।

    संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, उनले भनिन्, सहमतिसँगै भोलिदेखि नै आन्दोलन फिर्ता हुन्छ ।

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १९:११:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको