शिक्षक र सरकारबीच सात बुँदे सहमति भएसँगै बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने

शिक्षक र सरकारबीच सात बुँदे सहमति भएसँगै बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने

रोदिक खबर

५, आश्विन २०८०
  • 16.6K
    SHARES
  • शिक्षक र सरकारबीच सात बुँदे सहमति भएसँगै बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमति भएसँगै आइतबारबाट देशभर बन्द रहेका विद्यालय खुल्ने भएका छन् ।

    सहमतिको सातौँ बुँदामा नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरू आजको मितिबाट स्थगित गरी सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्नेू उल्लेख छ ।

    देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा भेला हुँदा पछिल्लो दुई दिनयता अधिकांश सामुदायिक विद्यालय बन्द गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - १९:१५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको