• ट्रेण्डिङ:

एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राईलाई

एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राईलाई

रोदिक खबर

६, आश्विन २०८०
  • 34.0K
    SHARES
  • एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राईलाई

    काठमाडौं। प्रेस काउन्सिल नेपालले यो वर्षको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दमन राईलाई प्रदान गरेको छ । मोफसमा रहेर डेढ दशकदेखि नेपाली पत्रकारिताको माध्यमबाट राष्ट्रलाई पुर्‍याउदै आएको योगदानको उच्च कदर गर्दै राईलाई प्रेस काउन्सिल नेपालको ५४ औं वार्षिक उत्सवका अवसरमा पत्रकारहरुलाई  सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

    शनिबार शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चारमन्त्री रेखा शर्माले राई सहित विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।  यो पुरस्कारको राशि एक लाख १० हजार रुपैया रहेको छ ।

    यस्तै, यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । काउन्सिलले १६ जनालाई सम्मान गरेको छ ।

    सम्मानित हुने पत्रकारहरुमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्की रहेका छन् ।

    प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकार सागर पण्डित र चुडामणि भट्टराईले पाएका छन् भने प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीले प्राप्त गरेका छन् ।

    त्यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारले पाएका छन् ।

    पत्रकारहरु विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले  क्रियाशील पत्रकारिता पुरस्कार पाएका हुन् ।

    त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना पत्रकारलाई दिइएको छ ।

    पत्रकारहरु पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यले युवा पत्रकारिता पुरस्कार पाएका छन् ।

    त्यस्तै प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्काले प्राप्त गरेका छन् ।

    प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सात जनाले पाएका छन् ।

    सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार दिइएको काउन्सिलले जनाएको छ ।

    त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमले पाएका छन् ।

    प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेलले पाएका भएका छन् भने प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीले पाएका छन् ।

    प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - १४:०९:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको