बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

रोदिक खबर

१०, आश्विन २०८०
  • 6.7K
    SHARES
  • बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

    निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।

    शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

    उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

    बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए । जसले गर्दा नयाँ बानेश्वर र माइतीघर, थापाथली क्षेत्रमा जाम बढेको छ ।

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १४:००:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको