• ट्रेण्डिङ:

घरेलु हिंसाको विषयवस्तु उठाइएको ‘सीता’ टेलिसिरियल प्रशारण सुरु

घरेलु हिंसाको विषयवस्तु उठाइएको ‘सीता’ टेलिसिरियल प्रशारण सुरु

रोदिक खबर

१०, आश्विन २०८०
  • 12.5K
    SHARES
  • घरेलु हिंसाको विषयवस्तु उठाइएको ‘सीता’ टेलिसिरियल प्रशारण सुरु

    काठमाडौं । घरेलु हिंसाको विषयवस्तु उठान गरिएको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो।

    सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियलमा गरिबीको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित महिलाको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सीताको भूमिकामा सुनिसा बजगाईँले अभिनय गरेकी छिन् ।

    त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएको सिरियलमा राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका रहेको छ ।

    हिमालयन टेलिभिजनबाट प्रसारण हुने यस सिरियल आरटी इन्टरटेनमेन्टको युट्युब च्यानलमा पनि प्रसारण हुनेछ ।

     

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २१:४८:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको