शुक्रवार, भाद्र २६ गते २०८३

सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

रोदिक खबर

११, आश्विन २०८०
  • 15.2K
    SHARES
  • सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

    जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

    सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।

    बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

    घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

    पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए । परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् ।

    डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ । थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।

    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - १३:१३:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको