शुक्रवार, भाद्र २६ गते २०८३

मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको तयारी अन्तिम चरणमा

मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको तयारी अन्तिम चरणमा

रोदिक खबर

११, आश्विन २०८०
  • 11.5K
    SHARES
  • मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको तयारी अन्तिम चरणमा

    खोटाङ । खोटाङमा असोज १७ गतेदेखि हुने मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको हो ।

    मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला कला तथा कला प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायतका देशका ४० जना ख्यातीप्राप्त कलाकारको सहभागीता रहने नगरपालिकाले जनाएको छ ।

    लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी कार्यक्रम अन्तरगत स्वदेश तथा विदेशका कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् । १८ लाख खर्च हुने लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए ।

    खोटाङको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो ।

    लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने दावी गरिएको छ ।

    चित्रकला कार्यशाला एबं प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई संग्रहालय बनाएर राखिने मेयर भट्टराईले बताए । जिल्लाको सबै नगरपालिका तथा गाउँपालिकाको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्वन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ, नगरप्रमुख भट्टराईले भने, प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश विदेशमा गराएर पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो ।

    मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा सहभागी कलाकारहरु चित्रकला कार्यशालामा जिल्लाका छात्ररछात्रालाई पनि सहभागी गराइने छ । गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो ।

    लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवानगरपालिकाका १५ वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्व सहितका तस्बिरहरु प्राथमिकीकरण एवं छनौट गरिसकिएको छ । यस्तै, जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बीरहरु समेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ ।

    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - २०:५०:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको