काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ। आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ। जम्मा १० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने २ को स्थिर रहृयो ।
हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३.३ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स ३८, होटल तथा पर्यटन ८४, जलविद्युत् ७२, जीवन बीमा २११, उत्पादन तथा प्रशोधन ६९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा १६७, अन्य २२ र व्यापार उपसमूह ५४ अंक घटे । सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने पिपुल्स पावरको ६ प्रतिशत बढ्यो ।
५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । अपर हेवाखोला, एसियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, सिटिजन्स लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जसमध्ये सिटिजन्स लाइफको आजैदेखि कारोबार सुरु भएको हो ।
सो कम्पनीको मूल्य बजार बन्द हुादा ४५७ रुपैयाा २० पैसामा झरेको छ । कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।