खोटाङ । खोटाङमा नेपाल अंग्रेजी भाषा शिक्षक संघ गठन गरिएको छ । खोटाङको दिक्तेलस्थित दिक्तेल इङलिस बोडिङ स्कूलमा भएको अंग्रेजी शिक्षकहरुको भेलाले गोपाल बस्नेतको अध्यक्षतामा १२ सदस्यीय नेपाल अंग्रेजी भाषा शिक्षक संघ गठन गरिएको हो ।
अंग्रेजी शिक्षकहरुलाई नयाँ परिवर्तित विषयमा शिक्षणको लागि अद्यावधिक गर्न सहयोग गर्ने उद्धेश्यले गठन गरिएको संघको उपाध्यक्षमा इश्वर लम्साल, सचिवमा लक्ष्मीप्रसाद खनाल, सहसचिवमा नवीन चाम्लिङ र कोषाध्यक्षमा रबिन सुनुवार चयन भएका छन् । यस्तै, सदस्यहरुमा मानबहादुर पौडेल, ललितकुुमार राई, शितल राई, खेम मगर, सविना श्रेष्ठ, शिव पाण्डे, दिनेश राई रहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख विशन राई, नेपाल अंगे्रजी शिक्षक संघका केन्द्रीय सदस्य केशव प्रसाद भट्टराई, नेपाल अंग्रेजी शिक्षक संघ कोसी प्रदेश सभापति गुणराज नेपाल, महासचिव रविन्द्र बराल, सदस्य सचिव गोबिन्द पुरी, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मीनकुमार दाहाल लगायतको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए ।