• ट्रेण्डिङ:

गायक किरण पुन्जको ‘निर्णय' सार्वजनिक ( भिडियो )

गायक किरण पुन्जको ‘निर्णय' सार्वजनिक ( भिडियो )

रोदिक खबर

२२, आश्विन २०८०
  • 11.6K
    SHARES
  • गायक किरण पुन्जको ‘निर्णय' सार्वजनिक ( भिडियो )

     गायक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘निर्णय' सार्वजनिक गरेका छन्। प्रेमिल शैली यस गीतमा शब्द, संगीत भुगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले संगीत संयोजन गरेका हुन्।

    म्युजिक भिडियोमा बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा आधारित छ। सहरबाट आफ्नो प्रिय साथीलाई सम्झेर खोज्दै फर्केको दृश्यहरु भिडियोमा समावेश गरिएको छ।

    गायक पुन्ज र सबीना गिरीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा नितेश लामा ( नियोन ) को छायाँकन, सम्पादन रहेको छ भने राजेन्द्र वाइबा तामाङको निर्देशन रहेको छ।

    भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो। झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक पुन्जले प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका हुन्। गायक पुन्ज २०६४ साल देखि संगीत शिक्षकको रुपमा समेत कार्यरत छन् ।

    २०६६ सालमा किरण नामक एल्बम प्रकाशन गरेर चर्चामा आएका पुन्जले विभिन्न शास्त्रीय संगीतका कार्यक्रमहरूमा पनि गीत गाउँदै आइरहेका छन्।

    भिडियो लिंक:  https://youtu.be/JvbqL0kVv3g?si=vlmtFvOAC9w5cSVT

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २२:३८:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको