चितवन । चितवनमा ३१ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा चितवनका ३१, नवलपुरका २ र पर्साका १ जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशलााका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनका ३१ जना नै भरतपुर महानगरपालिकाका हुन् । संक्रमण पुष्टि हुनेमा २६ जना पुरुष र ५ जना महिला छन् । यो सँगै चितवनमा संक्रमितको संख्या १ हजार १ सय नाघेको छ ।
त्यस्तै, नवलपरासी पूर्व गैँडाकोट नगरपालिका १ का २८ वर्षीय युवक र २९ वर्षीया महिला गरी दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।
पर्साको ठोरी २ की २१ वर्षीया महिलाको पीसीआर पनि पोजिटिभ देखिएको प्रयोगशालाले जनाएको छ ।