• ट्रेण्डिङ:

सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच वार्ता जारी

सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच वार्ता जारी

रोदिक खबर

२६, आश्विन २०८०
  • 7.0K
    SHARES
  • सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच वार्ता जारी

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो दिन पनि स्थानीय तहका कर्मचारीसँग वार्ता गरिरहेको छ । बिहीबार मन्त्रालयमा ५ बुँदामा छलफल गरेर स्थगित भएको वार्ता फेरी शुरु भएको हो ।

    स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति र निजामती कर्मचारी संगठनका प्रतिनिधिसँग मन्त्रालयका प्रवक्ता रहेका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्ययी टोलीले बुँदागत रुपमा छलफल गरिरहेको हो ।

    मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई मन्त्रालयको तर्फबाट वार्तामा सहभागी छन् भने निजामती कर्मचारी संगठनका ५ जना र स्थानीय तह कर्मचारी संघर्ष समितिको तर्फबाट ५ जना वार्तामा सहभागी छन् ।

    बिहीबार राति अबेरसम्म ५ वटा बुँदामा छलफल भए पनि निर्णय भने हुन सकेको थिएनन् । स्थानीय तहका कर्मचारीको अन्तर तह सरुवा, समायोजन पुनरावलोकन, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीको परिभाषा र नामको विषमा छलफल भएको थियो ।

    स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिका महासचिव विजय कुमार देवकोटाका २० बुँदा मध्ये आज अन्य बुँदामा छलफल भइरहेको छ ।

    स्थानीय तहका कर्मचारीहरुले आन्दोलन र वार्ता दुवै समानन्तर गरिरहने बताएका छन् । स्थानीय तहबाट हुने अत्यावश्यक बाहेक सबै काम ठप्प पारेर कर्मचारी आन्दोलित हुँदा देशभरमा सेवा प्रभावित भएको छ ।

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - १६:२८:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको