१५ औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम

१५ औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम

रोदिक खबर

२६, आश्विन २०८०
  • 11.0K
    SHARES
  • १५ औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम

    खोटाङ । खोटाङमा आयोजना गरिएको १५ औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते संघको आयोजनामा बिहिबार दिक्तेलको माटिकोरेस्थित बहुउद्धेश्यीय कवर्ड हलमा सम्पन्न प्रतियोगीतामा १५ स्वर्ण, १३ रजत र १९ कास्य जित्दै दिक्तेल डोजो प्रथम भएका हुन् ।

    यस्तै, तीन स्वर्ण, तीन रजत र सात कास्य सहित हलेसी डोजो दोश्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मीडार डोजो तेश्रो भएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजूले बताए । धितुङ डोजोले दुई कास्य जितेको छ ।

    १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो । दिक्तेल डोजोका लागि पुरुष २० केजी तौल समुहमा सिबिहाङ राईले स्वर्ण, नुमसाम राईले रजत, तायामुर राई र समर्पण राईले कास्य पदक दिलाएका छन् । २५ केजी समुहमा जिताहाङ राईले स्वर्ण र सुवुहाङ राईले कास्य पदक जिताएका छन् ।

    ३० केजी समुहमा सुसम राईले स्वर्ण, लिसन राई र अभिशेक राईले कास्य पदक जितेका छन् । ३५ केजी समुहमा शिशिर राईले स्वर्ण, सुशासन राईले रजत, कृतन राई र एलन राईले कास्य पदक जितेका छन् । ४० केजी समुहमा प्रणयबिक्रम राईले स्वर्ण र प्रज्वल राईले रजत दिलाएका छन् । ४५ केजी समुहमा सोनाम राईले स्वर्ण जितेका छन् । ५० केजी समुहमा सन्देश राईले स्वर्ण, स्मायल राईले रजत, बिबेक राई र आयूष भुजेलले कास्य पदक जितेका छन् ।

    ६० केजी समुहमा बिकास आचार्यले स्वर्ण जितेका छन् । यस्तै, दिक्तेल डोजोकै महिला २५ केजी समुहमा सरगम राईले स्वर्ण र अर्पना राईले रजत जितेकी छन् । ३५ केजीमा सोमिया राईले स्वर्ण, निश्चल राईले रजत, प्रकृति राई र नियमा राईले कास्य पदम जितेकी छन् ।

    ४० केजी समुहमा समिक्षा राईले रजत र आशा कार्कीले कास्य पदक जिताएकी छन् । ४५ तौल समुहमा आयुश्मा राईले स्वर्ण, करुणा राईले रजत र सिम्रन राईले कास्य पदम जितेकी छन् । ५० केजी समुहमा स्मृति राईले स्वर्ण, बिसुका राईले रजत र सम्जिला राईले कास्य पदम जिताएकी छन् ।

    ५५ केजी समुहमा शुसिला राईले स्वर्ण र यूनिशा राईले रजत जितेकी छन् । ६१ केजी समुहमा मुना श्रेष्ठले रजत र प्रगती राईले कास्य पदक जितेकी छन् । हलेसी डोजोका लागि पुरुष ५५ केजी समुहमा सुनिल परियारले स्वर्ण, रोशन राईले रजत र नबिन बुढाथोकीले कास्य पदम जिताएका छन् । पुरुष ३० केजीमा थर्डसन राईले रजत, ६० केजीमा लकेश राईले रजत जितेका छन् ।४५ केजीमा डोमन राईले कास्य, ४० केजीमा डिसन राई र नगिन राईले कास्य पदक जितेका छन् ।

    यस्तै, महिला ४० केजीमा ओलिसा राईले स्वर्ण जिताएकी छन् । ६१ केजी समुहमा रोजिना शंकरले स्वर्ण र बबिता बस्नेतले कास्य पदम जितेकी छन् । ५० केजीमा सबिना राई र ५५ केजीमा झरना राईले कास्य जितेकी छन् । च्यास्मीटार डोजोका पुरुष २५ केजी समुहमा संगम राईले रजत र अर्बिन राईले कास्य पदक जितेका छन् ।

    ४५ केजीमा अनुप राईले रजत र सन्देश राईले कास्य पदम जितेका छन् । ५ केजी समुहमा मिलन राईले कास्य जिताएका छन् । महिला ४५ केजीमा दिक्षा राई र ५५ केजी समुहमा प्रयुसा राईले कास्य पदक जितेकी छन् । धितुङ डोजोका महिला ४० केजी समुहमा मनिता दर्नाल र ६० केजी समुहमा युकेश राईले कास्य पदक जितेकाको अध्यक्ष कसजूले जानकारी दिए ।

    पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत, बिकास आचार्य र आयुस भुजेलले कास्य पदक जितेका छन् । महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत, बिशुका राई र करुणा राईले कास्य पदक जितेकी छन् । प्रतियोगीता जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका थिए । (नेपालवाइडबाट ।)

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २१:५३:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको