खोटाङ । जिल्ला समन्वय समिति खोटाङले दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आजबाट सुरु भएको विजया दशमी तथा आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर जिल्ला समन्वय समितिकै हलमा दशैको पहिलो दिन घटस्थापनामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
बिहान झण्डा पूजा गरेर आयोजना गरिएको शुभaकामना आदानप्रदानमा कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबं कोसी प्रदेश पूर्व सामाजिक विकास मन्त्री उषाकला राई, पूर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश कुमार तामाङ, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुबकुमार कार्की, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, समाजसेवी सुर्य राई लगायतले शुभकामना दिएको जिल्ला समन्वय अधिकारी ढुण्डीराज पाण्डेले जानकारी दिए ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले दशैलाई सभ्यभव्य र भड्किलो नभई सौहार्द रुपमा मनाउन आग्रह गरेका छन् ।