शुक्रवार, भाद्र २६ गते २०८३

दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

रोदिक खबर

२८, आश्विन २०८०
  • 10.4K
    SHARES
  • दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

    धादिङ । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे१ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँचजना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ । रासस

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - २०:४१:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको