खोटाङ, । दशैंको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले शुभकामना आदानप्रदान गरेको छ । सुरु भएको दशैं तथा आउँदै गरेको शुभ दिपावली र छठ पर्वको अवसर पारेर बुधबार वडा कार्यालयमा कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो ।
वडाध्यक्ष नवराज राईको अध्यक्षतामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य उमेशचन्द्र आचार्य, वरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य अञ्जना बस्नेत, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्य,सरस्वती नमूना मावि दिक्तेलका प्रधानाध्यापक शिवहरी ढकाल,पञ्च मावि दिक्तेलका प्रधानाध्यापक लक्ष्मी खनाल, सरस्वती आधारभूत विद्यालय पोखरी दिक्तेलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै, दिक्तेल सामाजिक गुठीका अध्यक्ष राजन सैंजु, रेडक्रसका प्रतिनिधि गिता थापा बस्नेत, सरस्वती नमूना मावि दिक्तेल शिक्षक अभिभावक संघका अध्यक्ष बलराम खत्री, ज्येष्ठ नागरिकबाट कमल प्रसाद आचार्य र टोल सुधार समितिबाट सुचन राईले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य राखेका वक्ताहरुले चाडवाडलाई भड्किलो नभई सौहार्द रुपमा मनाउन आग्रह गरेका छन् । चाडपर्वहरुमा मौलिकता हराउँदै गएकाले आ–आफ्नो मौलिकताको जर्गेना गर्दै चाडपर्व मनाउनुपर्ने वक्ताहरुको भनाई थियो ।