शुक्रवार, भाद्र २६ गते २०८३

दशैंमा मौसम सफा रहने

दशैंमा मौसम सफा रहने

रोदिक खबर

२, कार्तिक २०८०
  • 8.5K
    SHARES
  • दशैंमा मौसम सफा रहने

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए ।

    ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने । महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

    प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - १९:३६:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको